सीता राष्ट्रिय टोलीमा फर्किन्


काठमाडौं ।

भेट्रान अलराउन्डर सीता रानामगर ७ महिनापछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा फर्केकी छन् ।नेपालले आगामी अक्टोबर २ देखि ८ तारिखसम्म हुने मलेसियाविरुद्धको खेल खेल्ने टोलीमा सीता टोलीमा अटाएकी हुन् । नेपाली टोलीले मलेसियासँग ५ खेलको टी–२० आई सिरिज खेल्दैछ । उक्त खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार घोषणा गरेको टोलीमा सीतालाई पनि समेटेको हो ।

३३ वर्षीया सीताले पछिल्लो पटक गत फेब्रुअरीमा घरेलु मैदानमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग भएको सिरिज खेलेकी थिइन् । त्यसयता उनी चोटको कारण खेलबाट टाढा भएकी थिइन् ।सीता टी–२० आईमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी हुन् । उनले ५५ इनिङ्समा ५८ विकेट लिएकी छन् । उनी नेपाली महिला क्रिकेटमा ५० विकेट लिने उक मात्र बलर हुन् ।