बैतडी ।
दशैँ तिहारको उपलक्ष्यमा बैतडीमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ । भुमिराज युवा क्लबको आयोजनामा जिल्लाको शिवनाथ गाउँपालिका–२, फट्केढुङ्गामा ‘फट्केढुङ्गा प्रिमियर लिग–पिपिएल’ को पहिलो सिजनको क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
गाउँपालिकास्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता असोज १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने क्लबका सचिव अनिल सिंह साउँदले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टिमहरूका लागि असोज १७ गतेसम्म टिम दर्ता खुल्ला गरिएको छ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द टुर्नामेन्ट’ खेलाडीलाई १ हजार नगद दिइनेछ । प्रत्येक खेल १० ओभरको हुनेछ र सबै खेल टेनिस बलले खेलाइनेछन् ।सहभागी हुने टिममा गाउँपालिकाबाहिरका अधिकतम २ जना खेलाडी राख्न पाइने जनाएको छ ।











प्रतिक्रिया