कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने डा.शेखर कोइरालाको प्रतिबद्धता


विराटनगर ।

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाएका छन्।

शनिबार विराटनगरस्थित जलेको कोइराला निवासको अवलोकन गर्दै उनले आगजनी घटनालाई इतिहास जलाइएको घटना भन्दै छिट्टै पर्दाफास हुने बताए।

भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका क्रममा कोइराला निवासमा समेत आगजनी भएको थियो।