दसैँ मनाउन राजधानीबाट गाउँ फर्किनेहरूको चहलपहल सुरु


काठमाडौँ ।

दसैँ नजिकिँदै जाँदा राजधानीबाट गाउँघर फर्किनेहरूको चहलपहल बढ्न थालेको छ । नयाँ बसपार्कसहितका स्थानमा यात्रुहरूको भीड देखिन थालेको छ ।

काम र पढाइका सिलसिलामा राजधानीमा बस्नेहरू दसैँ मनाउन घर फर्किन थालेका हुन् । यद्यपि, यसपालि यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खुला नगरेकाले घटस्थापनाअगाडिदेखि नै मानिसहरू घरतर्फ लागेका छन् ।

जेनजी आन्दोलनका कारण राजनीतिक परिस्थितिले अधिकांश विद्यालय र क्याम्पसहरू बिदा भएकाले विद्यार्थीहरू पनि घर फर्कन थालेका छन् । विगतका वर्षहरूमा अग्रिम टिकट बुकिङ हुने गरे पनि यसपटक नभएको यातायात व्यवसायीहरूले जनाएका छन् ।

ट्राफिक प्रहरीले फूलपातीदेखि टीकासम्म यात्रुहरूको भीड राजधानी बाहिरिने गरेको बताएको छ । यस वर्ष टीका असोज १६ गते परेको छ ।