उदयपुर ।
संविधान जारी भएको अवसरमा उदयपुरमा विविध कार्यक्रम गरेर संविधान दिवस मनाईएको छ ।संविधान दिवसको अवसरमा मूल समारोह समितिले जिल्ला समन्वय समितिमा अन्तरक्रिया कार्यक्रम र नेपाल नेत्र ज्योती संघ उदयपुरले ट्राफिक प्रहरीलाई ड्युटीको बेला लगाउने चस्मा प्रदान गरेर दिवस मनाईएको हो ।
साथै उदयपुरका प्रमुख राजनैतिक दलहरुले आ आफ्नो पार्टी कार्यालयमा कार्यक्रम गरेर संविधान दिवस मनाएका छन ।
नेपाल नेत्र ज्योती संघले उदयपुर जिल्लामा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरीलाई चस्मा उपलब्ध गराएको छ । ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक समाहोरमा नेत्र ज्योती संघले चस्मा वितरण गरेको हो ।
जिल्ला भर रहेका ३५ जना ट्राफिक प्रहरीलाई दुई हजार देखि चार हजार ५ सय सम्मको चस्मा वितरण गरिएको नेत्र ज्योति संघ उदयपुरका सभापति भागवत राउतले जानकारी दिनु भयो । ड्युटीमा रहेका प्रहरीहरुको आखाँको सुरक्षाको लागि कालो चस्मा उपलब्ध गराईएको नेत्र ज्योती संघले जनाएको छ ।
चस्मा वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, पत्रकार महासंघका अध्यक्ष भक्तिविलास पोखरेल लगाएतको उपस्थिती रहेको थियो ।













प्रतिक्रिया