काठमाडौँ ।
गत भदौ २३ र २४ गते भएको जेन(जी) आन्दोलनका कारण देशभरका विभिन्न कारागार र बालसुधारगृहबाट भागेका कैदीबन्दीमध्ये ८ हजार ८१६ जना अझै फरार रहेका छन्।
कारागार व्यवस्थापन विभागका अनुसार कुल २७ वटा कारागार र नौ वटा बालसुधारगृहबाट १४ हजार ५५० जनाभन्दा बढी कैदीबन्दी फरार भएका थिए। हालसम्म ५ हजार ४९५ जना कैदी र २४४ जना बालसुधारगृहका कैदीबन्दी फिर्ता भएका छन्।
फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको विभागले जनाएको छ। यससँगै नेपाल प्रहरीले देशभरका विभिन्न हिरासतबाट भागेका अभियुक्तहरूको समेत खोजी भइरहेको जनाएको छ।











प्रतिक्रिया