काठमाडौंका विभिन्न क्षेत्रमा आज दुई घण्टा विद्युत आपूर्ति बन्द


काठमाडौं ।

काठमाडौंका सुन्धारा, त्रिपुरेश्वर, क्षेत्रपाटी लगायतका क्षेत्रमा आज दुई पटक गरी दुई घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण दरबारमार्ग वितरण केन्द्रका अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म सुन्धारा, सिभिल मल, सेन्ट्रल जेल, चाइना टाउन हुँदै त्रिपुरेश्वर चोक र आसपासमा विद्युत बन्द हुनेछ।

त्यसैगरी दिउँसो १२ बजेदेखि २ बजेसम्म पुष्पलाल पार्क, ढल्को, क्षेत्रपाटी, पकनाजोल, धोबिचौर, ठहिटी, ज्याठा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

भूमिगत केबल बिछ्याउने कार्यका लागि विद्युत आपूर्ति बन्द गरिएको हो। निर्धारित समयभन्दा अघि नै काम सकिए विद्युत सेवा पूर्ववत् सुरु हुने प्राधिकरणले जनाएको छ।