काठमाडौं ।
चाडपर्व लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण दिनानुदिन बढ्दै गएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार हाल दैनिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार भइरहेको छ ।
थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट मात्रै दैनिक १० देखि ११ लाख रुपैयाँ बराबरको सामान बिक्री हुने गरेको सूचना अधिकारी ज्ञानु थापाले जानकारी दिइन् । उनका अनुसार चामल, चिनी, तेल, दाल, चिउरा लगायत ५१ थरी वस्तुमा आकर्षक छुट दिइएको छ ।
कम्पनीका बिक्री शाखा प्रमुख भीमबहादुर थापाले उपभोक्ताको विश्वास बढ्दै गएको र दुर्गम क्षेत्रमा समेत आपूर्ति विस्तार भइरहेको बताए । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य कम्पनीले ४५ जिल्लाका १११ स्थानमा, साल्ट ट्रेडिङले कम्तीमा ४० स्थानमा र डीडीसीले देशभर सहुलियत पसल सञ्चालन गरिरहेका छन् ।
उपभोक्ता भने सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तु सामान्य बजारभन्दा निकै सस्तोमा किन्न पाएको भन्दै सन्तुष्ट देखिएका छन् ।











प्रतिक्रिया