कोशी, मधेस र बागमतीमा मध्यम वर्षाको सम्भावना


काठमाडौँ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित भएकाले देशभर वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसै सन्दर्भमा कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकीसहितका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र बागमतीका केही, मधेस र गण्डकीका थोरै तथा अन्य पहाडी क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।