आन्दोलनले क्रिकेटमा अढाई लाख क्षति


हेटौंडा ।

हेटौंडा ४ स्थित मकवानपुर जिल्ला खेलकुद विकास समितिपरिसरमा मकवानपुर क्रिकेट संघले निर्माण गरेको स्टोरकक्षमा समेत जेनजी आन्दोलनका क्रममा आगजनी गरी स्टोरमा रहेको सम्पूर्ण सामग्री जलेर नष्ट गराइएको छ ।

यसले मकवानपुर क्रिकेट क्षेत्रमा भौतिक क्षति भएको छ । नष्ट भएका सामग्री खेल तथा खेलाडीहरुको प्रत्यक्ष प्रयोजनका थिए, जसको अनुमानित मूल्य करिब २ लाख ५० हजार बराबर छ । फुलम्याट २ थान, हाफम्याट १ थान, क्रिकेट किट २ सेट, अभ्यास सामग्री (कोन, मार्कर, प्राक्टिस ब्याट), ब्याट ३, मैदान मर्मत सामग्री, स्टम्पस ९ थानमा क्षति पुगेको संघ सचिव बिनोदकुमार बानियाँले बताए ।

भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले जिल्ला खेलकुद विकास समिति मकवानपुरको भवनमा आगजनी गरेका थिए ।