चितवन।
नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो। अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ । माथिबाट पहिरो आउने जोखिम कायमै रहेको प्रहरीको भनाइ छ ।
पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ ।











प्रतिक्रिया