काठमाडौँ।
भदौ २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा देशभरका कारागार तथा बालसुधारगृहबाट ठूलो संख्यामा कैदीबन्दी भागेका छन्।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार २७ वटा कारागार र ९ वटा बालसुधारगृहबाट क्रमशः १३ हजार ५९१ कैदीबन्दी र ९६४ बालसुधारबन्दी भागेका थिए।
झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरलगायतका कारागार प्रभावित भएको विभागले जनाएको छ।
बालसुधारगृहतर्फ मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटीबाट कैदीबन्दी भागेका थिए।
अहिलेसम्म कारागारबाट भागेका मध्ये ५ हजार ४९५ र बालसुधारगृहबाट भागेका २४४ जना फिर्ता भइसकेका छन्। तर अझै ८ हजार ८१६ कैदीबन्दी फरार रहेको र खोजी अभियान जारी रहेको विभागले जनाएको छ।











प्रतिक्रिया