दाउन्नेमा पहिरो, सडक अवरुद्ध


नवलपरासी। 

लगातारको वर्षाले पूर्व पश्चिम महेन्द्र राजमार्गकाे दाउन्ने खण्डमा पहिरो गएको छ । शुक्रवार अपराह्न गएको पहिरोका कारण सडक यातायात अवरुद्ध भएको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय चाैसठ्ठी माेड नजिक माथिबाट झरेको पहिरो हटाउने प्रयास भई रहेको छ ।

वर्षा निरन्तर भई रहेकोले वैकल्पिक मार्ग प्रयोग गर्न र बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।