काठमाडौं ।
लामो समयदेखि अलपत्र बनेका जीर्ण आयोजना अब ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा लैजाने तयारी भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले तीनै मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई यस्ता आयोजनाको सूची तत्काल पेस गर्न निर्देशन दिएका छन् ।
मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीलाई संरक्षण नगरी ठेक्का तोडेर नयाँ प्रक्रियामा जानुपर्ने बताए । उनका अनुसार तोकिएको समय र गुणस्तरमा पूर्वाधार सम्पन्न नहुँदा मुलुकले ठूलो आर्थिक क्षति भोग्नुका साथै नागरिक लाभबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ ।
सिँचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोसी मरिण बहुउद्देश्यीय आयोजना, भौतिक पूर्वाधारतर्फ करिब ३०० सडक र १०० पुल आयोजना लामो समयदेखि अलपत्र रहेको मन्त्रालय स्रोतले जनाएको छ ।











प्रतिक्रिया