काठमाडौं ।
नेपालको डिजिटल अर्थतन्त्रको विकासमा टेलिकम कम्पनीहरुको भूमिका बढ्दो छ । नेपाल टेलिकम र एनसेल जस्ता प्रमुख कम्पनीले इन्टरनेटको पहुँच विस्तार, डेटा सेवाको सुलभता र डिजिटल पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान दिएका छन् । सन् २०२५ मा नेपालको टेलिकम बजार ५२५ मिलियन डलर पुग्ने अनुमान छ, जसकोे वार्षिक ३.८८ प्रतिशत वृद्धिदर हुनेछ ।सन् २०३० सम्म यो ६३५.१९ मिलियन डलर पुग्ने अपेक्षा गरिएको छ ।
निजी क्षेत्रको एनसेलले १९औं पूरा गर्दा एनसेल फाउन्डेसनमार्फत् सामाजिक उत्तरदायित्वअन्तर्गत २०० मिलियन लगानी गर्ने प्रतिबद्धता जनाएको छ । विगत १९ वर्षमा कम्पनीले २ अर्बभन्दा बढी खर्च गरी सातै प्रदेशमा प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ पु¥याएको छ । कम्पनीले नेपालको जीडीपीमा करिब २ प्रतिशत योगदान पु¥याउँदै आईसीटी क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा स्थापित भएको छ । सन् २०२३÷२४ मा मात्र यसले कर तथा अन्य शुल्कवापत २०.३० बिलियन योगदान गरेको थियो।
त्यस्तै टेलिकम कम्पनीहरुले राइड सेयरिङ सेवाका लागि आवश्यक उच्च गति इन्टरनेट र मोबाइल कनेक्टिभिटी प्रदान गर्दै उद्योगको द्रुत विकासमा सहयोग पु¥याएका छन् । नेपालमा पठाओ, इन्ड्राइभ जस्ता प्लेटफर्मले लाखौं यात्रुलाई सेवा दिइरहेका छन् । साथै एनसेलले ९२ प्रतिशत जनसंख्यामा फोरजी कभरेज विस्तार गरी ग्रामीण क्षेत्रसम्म राइड सेयरिङ सेवाको पहुँच बढाएको छ । डिजिटल डेटा प्याकका माध्यमबाट चालकलाई सस्तो इन्टरनेट उपलब्ध गराइएकोले रोजगार सिर्जना र आर्थिक गतिविधि बढाएको छ ।
ई–कमर्स क्षेत्रमा पनि टेलिकम कम्पनीहरुको योगदान उल्लेखनीय छ । मोबाइल ब्रोडब्यान्ड र क्लाउड सेवाले साना व्यवसायहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच दिएको छ । एनसेलले अलिबाबा क्लाउडसँगको साझेदारीमार्फत सुरक्षित डेटा होस्टिङ उपलब्ध गराएको छ र ग्रामीण ई–कमर्स प्रवद्र्धनमा सहयोग गरेको छ । डिजिटल भुक्तानीमा पनि टेलिकम कम्पनीहरुले मोबाइल वालेट र एपीआई मार्फत फिनटेक क्षेत्र मजबुत बनाएका छन । नेपालमा डिजिटल भुक्तानी सन् २०२९ सम्म ११ बिलियन डलर पुग्ने अनुमान छ । एनसेलले मोबाइल एपमार्फत ई–सेवा, खल्ती जस्ता प्लेटफर्मसँग सहकार्य गरी सजिलो बिलिङ र कारोबारको सुविधा प्रदान गरेको छ ।
यसैगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि एनसेलले योगदान पु¥याएको छ । ६० भन्दा बढी सामुदायिक विद्यालयमा डिजिटल ल्याब स्थापना, छात्रवृत्ति तथा स्टार्टअप ल्याबमार्फत आईटी शिक्षा प्रदान, २ हजार ४८१ स्वास्थ्य संस्थाहरुको डिजिटलकरण, टेलिमेडिसिन र स्वास्थ्य अभियान सञ्चालन जस्ता गतिविधिहरु सञ्चालन भएको छ । तर, भदौ २४ गते एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा जेन–जी आन्दोलनको नाममा अपराधी समूहले तोडफोड, आगजनी र लुटपाट गरेको छ ।
आक्रमणकारीले सुरक्षाकर्मीहरुलाई धम्की दिएर कार्यालयमा प्रवेश गरी ग्राहक सेवा केन्द्र, रिसेप्सन, मिटिङ हल लगायतको कार्यालय उपकरण लुटापट, तोडफोड र आगजनी गरेका छन् । जसबाट कम्पनीका महंगा विद्युतीय उपकरण, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फर्निचर, मोटरगाडी लगायतका सम्पत्ति नष्ट भएकोे छ ।
एनसेलले प्रहरींमा उजुरी दर्ता गर्दै घटनामा संलग्न अपराधीहरुलाई पक्राउ गरी क्षतिपूर्ति दिलाउने र सम्पत्ति फिर्ता पाउने माग गरेको छ । कम्पनीले प्रहरीलाई क्षतिको विवरण, लुटिएको सम्पत्तिको सूची र सबै सीसीटिभी फुटेज उपलब्ध गराएको छ । यस्ता घटनाले टेलिकम कम्पनीले नेपालको डिजिटल अर्थतन्त्र र सामाजिक विकासमा ठूलो योगदान पु¥याइरहेका छन् । तर हालको घटनाले डिजिटल पूर्वाधार र कम्पनीका सम्पत्तिमाथि जोखिम पनि देखाएको छ ।











प्रतिक्रिया