काठमाडौं ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा ‘अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंश भेटिएको, सुरूङ रहेको’ भन्ने हल्ला पूर्णतः कपोलकल्पित र भ्रामक भएको स्वकीय सचिव भानु देउवाले दाबी गरेका छन्।
उनका अनुसार सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू सम्पादित फोटो–भिडियो मात्र हुन्, जसलाई दूषित मनसायका साथ पार्टी र नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले फैलाइएको हो।
“निवास परिसरमा देखाइएको ‘अण्डरग्राउण्ड ट्याङ्की’ वास्तवमा पानी ट्याङ्की हो, पैसासँग कुनै सम्बन्ध छैन,” विज्ञप्तिमा प्रष्ट पारिएको छ।
देउवाको सचिवालयले जनमानसलाई भ्रमित पार्ने हल्लामा नलाग्न सबै नेपाली, पार्टीका नेता तथा सदस्यहरूलाई आग्रह गरेको छ।












प्रतिक्रिया