काठमाडौं।
अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडियामार्फत् पाएपछि उनले राजीनामा दिएको पत्रमा उल्लेख छ ।
साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित सबै काम कारबाही समयमा नै सचिवालयमा बुझाउँदा सचिवालयले फुटसलको लागि कुनैपनि बजेट विनियोजन नगरेको कारण प्रतियोगिताबाट नाम फिर्ता लिन बाध्य भएको पनि बताए ।
नेपाललाई १० हजार डलर जरिवाना र अर्को पटकको छनोटमा समेत भाग लिन नपाउने गरी कारवाही गरिएको हुनाले यस्तो गैरजिम्मेवार सचिवालय अन्तर्गत पदमा रहेर काम गर्न नसकिने भन्दै महर्जनले हिजैको मितिबाट राजीनामा दिएको उल्लेख गरे ।











प्रतिक्रिया