काभ्रे।
राजधानी उपत्यकामा भएको जेनजी आन्दोलनको प्रभाव राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा पनि प¥यो । घटना भएको साता बितिसक्दा समेत क्षतिको यकिन विवरण सङ्कलन हुन सकेको छैन । प्रहरी आफै पुनर्स्थापित भइसकेको छैन भने नागरिकहरुको मन र मस्तिक पनि नियमित हुन सकेका छैनन् ।
‘कहालीलाग्दो घटनाबाट बालबाल ज्यान बचेको छ’–सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले भने–‘प्रहरी चौकी भित्रै राखेर आगजनी गरे । ढुंगामुडा गरे । आफू बच्न पनि कठिन भयो । प्रहरीले गर्नु पर्ने अरु सुरक्षाका बारेमा कसरी ध्यान दिन सक्नु ?’ इलाका प्रहरी कार्यालय बनेपामा तेस्रो पटक आगजनी भयो । प्रहरीका सबै बन्दोबस्तिका सामाग्री, परीक्षाका उत्तरपुस्तिका तथा प्रश्नपत्रहरु, मुद्दाका फाईलहरु, हतियार तथा गोलीगठ्ठाहरु लुटिए । प्रहरी आफै ज्यान जोगाउन मुस्किल परेका बेला उसले नागरिकहरुलाई कसरी दिन सक्छ सुरक्षा ? नागरिकहरु त्राहि त्राहि भए । ‘भाद्र २४ गतेको कालरात्री सम्झन पनि सक्दिन’–पनौती नगरपालिकाका पूर्व नगर प्रमुख भीम न्यौपानेले भने–‘आततायी समूहको जत्थाले एकसरो कपडा समेत निकाल्न नदिकन आगजनी गरेर घर खरानी बनाए ।’

कहाँ कहाँ भयो आक्रमण?
पनौतीमा काँग्रेस नेता केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँको घरमा तोडफोड गरियो । मान्छे भित्र बसेकै अवस्थामा भएको आक्रमणबाट उनी बालबाल बचे र सेनाको सुरक्षाघेरामा निस्किए । उनको घर भित्र रहेको मोटरसाइकल र गाडी पनौती बसपार्कमा ल्याएर रास्वपा नगर सभापति विवेक भट्टराई सहितले आगो लगाए । पनौती नगर प्रमुख रामशरण भण्डारीको घरमा तोडफोड गरी सामान बाहिर निकालेर आगजनी गरियो । उपप्रमुख गिता बञ्जाराको घरमा आगलागी गरियो । पनौतीमा केही महिना अघि देखि नै उक्त समूहले जनप्रतिनिधि र नेताहरुको घरमा आगजनी गर्ने घोषणा गर्दै आएको थियो । त्यस्तै पूर्व प्रमुख भिमप्रसाद न्यौपानको घरमा आततायी जत्थाले आगजनी ग¥यो । एकसरो कपडा समेत निकाल्न नसक्ने गरी घर गोठ सबैमा आगजनी गरे । वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको घरमा तोडफोड र लुटपाट ग¥यो ।
क्याप्टेन रामेश्वर थापाको घरमा आगजनी गरियो । तीनवटा घरमा आगजनी गरेर नाराबाजी गर्ने त्यही जत्था थियो । घर देखाउँदै हिँडेका युटुवर र पनौतीका केही पत्रकार संलग्न रहेको लाईभ गरिएका दृश्यमा सुन्न सकिन्छ । त्यस्तै धुलिखेलमा नगर प्रमुख अशोक ब्याञ्जुको घरमा आगजनी गरियो । लुटपाट र चोरी गरियो । दिउसै देखि जुलुुस र सामाजिक सञ्जाल मार्फत उक्साहट गरिएको थियो । नेताहरुको घरमा छानी छानी आक्रमण गर्न दलकै कार्यकर्ता तथा नेता सक्रिय देखिन्थे । नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । बनेपा नगरपालिका, इलाका प्रहरी कार्यालय बनेपा र ट्राफिक प्रहरी कार्यालय आगजनीबाट ध्वस्त भएका छन् । प्रहरी कार्यालयहरुमा तोडफोड र ढुंगामुढा गरिएको छ । विस्थापित भएका १६ वटा प्रहरी चौकी पुनर्स्थापित हुने क्रममा छन् ।
के गर्दै छ प्रहरी ?
प्रहरीले ध्वंसात्मक आन्दोलनमा संलग्नहरुको फोटो, भिडियो र सामाजिक सञ्जालमा प्रयोग गरिएका तस्विरहरुको आधारमा ५ सय भन्दा धेरै ब्यक्तिहरुको पहिचान भने गरिसकेको छ । पहिचानका आधारमा केहीलाई पक्राउ पनि गरिसकेको छ भने केहीलाई पक्राउ गर्ने क्रम शुरु गरेको छ । सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोडमा विभिन्न क्षेत्रका व्यक्तिहरू संलग्न भएको तस्बिर तथा भिडियो सार्वजनिक हुने क्रममा मालपोत कार्यालय काभ्रेमा लेखापढी व्यवसाय गर्दै आएका पनौती ३ कुशादेवी ओढारेका युवक अनिश सापकोटाको तस्बिर सार्वजनिक गरिएको छ । उनी विरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरेको अभियोगमा स्थानीयले प्रहरी कार्यालयमा उजुरी गरेका छन् । बाबु बलराम सापकोटा पनि लेखापढी तथा कानून ब्यवसायीका रुपमा कार्यरत छन् । आन्दोलन चकँदै गए पछि अनिश सापकोटा सहितको समूह सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोडमा उत्रिएको भिडियो र तस्विरहरु सार्वजनिक भएका छन् ।

त्यस्तै पनौतीमा भएको ध्वंसात्मक आन्दोलनमा सक्रिय तथा उक्साहटमा संलग्नहरुको गोप्य विवरण पनि प्रहरीलाई बुझाइएको छ । बनेपा घर भएका पुण्य माविका शिक्षक विनोद पौड्याल, पनौती रास्वपा नगर सभापति विवेक भट्टराई, पनौतीकै सुदर्शन तिमल्सिना लगायतको नाममा उजुरी दर्ता भएको छ । पनौती, बनेपा र धुलिखेल लगायत जिल्लाका विभिन्न क्षेत्रमा भएका तोडफोडमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु समेत संलग्न रहेको खुलेको छ । प्रहरीले पहिचान खुल्नेहरुको विवरण उपलब्ध गराउन अनुरोध गरिरहेको छ । धुलिखेलमा आगजनी र तोडफोड गर्ने तथा सामाजिक सञ्जाल मार्फत उक्साउनेहरु विरुद्ध पनि उजुरी दर्ता भएको छ । घटनामा संलग्नहरुको पहिचान र उजुरी गर्ने क्रममा पहिलो चरणमा धुलिखेल ४ बस्दै आएका टिपर चालक महेन्द्र लामाको पहिचान भएको छ । उनको तस्बिर सहित प्रहरीमा उजुरी गरिएको छ । उनी सामाजिक सञ्जाल मार्फत उक्साउने तथा आक्रमणमा रहेको भिडियो र तस्विरहरुले पहिचान दिएका छन् । त्यस अघि धुलिखेलमा मिसन धुलिखेल, धुलिखेल सरोकार जस्ता सामाजिक सञ्जाल संचालन गर्ने ब्यक्तिहरुको पनि पहिचान गरिएको छ । उनीहरू नियोजित रुपमा नै नगर प्रमुख ब्याञ्जुमाथि आक्रमण गर्ने योजनामा रहेको तथ्य खुलेको छ । त्यस्तै धुलिखेल ९ का शुशिल रानाभाट रहेका छन् । उनी जनप्रतिनिधका श्रीमान् समेत हुन् ।

त्यस्तै धुलिखेल ३ घर भएका अजय लामा, धुलिखेल ८ घर भएका अनिल लामा, श्याम वाईवा लगायतको समूहको नामावली तस्बिर र भिडियो सहित सार्वजनिक गरिएको छ । विजय खड्गी लगायतका ब्यक्तिहरुले पनि नगर प्रमुख ब्याञ्जुको घर आगजनीमा सहयोग गरेको देखिएको छ । ¥याम्पल स्याङतानले सामाजिक सञ्जाल मार्फत धम्की दिएका छन् । चन्द्र लामा, रुपेश श्रेष्ठ, रञ्जित लामा लगायतको नाम सार्वजनिक भएको छ । भिडियो र सिसी क्यामेराको सहायतामा थप ब्यक्तिहरुको पहिचान गर्ने र उजुरी गर्ने क्रम शुरु गरिएको छ । नगर प्रमुख ब्याञ्जु आवास पूर्ण रुपमा ध्वस्त भएसँगै शरण लिएर बसेका छन् । त्यस्तै धुलिखेल ४ का पदम तिमल्सिना, एमआरपी निरोज लगायतले अशोक ब्याञ्जुको घरमा तोडफोड तथा आगजनी गर्ने वातावरण निर्माण गरेको प्रमाण उपलब्ध गराईएको छ ।
घटनाको विरोध गर्दै धुलिखेल नगरपालिका भित्रका १२ वटै वडाका अध्यक्षहरुले संयुक्त विज्ञप्ति प्रकाशन गरी दोषिहरुको पहिचान र कडा कारवाहीको माग गरेका छन् । साथै नगरपालिकाले पनि घटनाको विरोध गर्दै दोषीको पहिचान सहित कारवाहीको माग गरेको छ । पनौतीमा आक्रमण गर्नेहरुको पनि पहिचान भएको बताइएको छ ।
ध्वंसात्मक पछिको काभ्रे
नागरिकको मृत्यु
१) तेमाल ७ का ४२ वर्षीय दिलनारायण तामाङ (मजदुरीबाट फर्कँदै गर्दा )
२) भुम्लु ४ का २७ वर्षीय सरोज खत्री (गंगा दाहालको घर भित्र जलेर )
३) चौरीदेउरालीगाउँपालिका ६ घर भई हाल चितवन कालिका नगरपालिकामा अस्थायी बसोबास र काठमाडौँ महानगरपालिका गौशाला ८ मा बस्ने १९ बर्षिया निकिता गौतम (घरको छतमा बसिरहेका बेला छातीमा गोली लागेर )

क्षति तथा आगजनी
सरकारी संरचना
१) कारागार कार्यालय, काभ्रे
२) बनेपा नगरपालिका (पूर्ण क्षति)
३) ईलाका प्रहरी कार्यालय, बनेपा (पूर्ण क्षति)
४) ट्राफिक प्रहरी कार्यालय बनेपा (पूर्ण क्षति)
५) प्रहरी चौकी पाँचखाल (पूर्ण क्षति)
६) प्रहरी चौकी, पनौती, काभ्रे (आंशिक)
७) प्रहरी चौकी हिगुवापाटी, कुन्ताबेशी (पूर्ण क्षति)
८) प्रहरी विटहरु (बनेपा, धुलिखेल, पाँचखाल, पनौती, कुशादेवी लगायतका विभिन्न स्थानमा)
९) पनौती नगरपालिका (तोडफोड, आंशिक क्षति )
पार्टी कार्यालय
१) नेकपा एमाले, बनेपा
२) नेपाली काँग्रेस, बनेपा
विद्यालय
१) युलेन्स स्कुल, बनेपा ३

निजी संरचना
१) पूर्व मन्त्री गोकुल बास्कोटा (भक्तपुरको घर पूर्ण क्षति)
२) पूर्व सांसद शिवप्रसाद हुमागाईँ (पनौती स्थित घरमा तोडफोड, सवारीसाधनमा आगजनी)
३) अशोक ब्याञ्जु, धुलिखेल नगरपालिका प्रमुख (घर पूर्ण रुपमा क्षति)
४) रामशरण भण्डारी, पनौती नगरपालिका प्रमुख (घरमा तोडफोड र लुटपाट)
५) गिता बञ्जारा, पनौती नगरपालिका, उपप्रमुख (घर पूर्ण रुपमा क्षति)
६) भीम न्यौपाने, पूर्व नगर प्रमुख, पनौती नगरपालिका (३ घरहरुहरु पूर्ण रुपमा क्षति)
७) पुरुषोत्तम अधिकारी, वडा अध्यक्ष, पनौती नगरपालिका (लुटपाट र घर तोडफोड)
८) क्याप्टेन रामेश्वर थापा (पूर्ण क्षति ३ वटा घर)

वम तथा हातहतियार बरामद
१) बनेपा ९ नयाँबस्तिमा सकेट बम । २०८२ भदौ २५ गते । साँझ । २६ गते विहान निस्क्रिय ।
२) पनौती १ रयालेबाट नेपाली सेना र शशस्त्र प्रहरीद्धारा हतियार बरामद । ब्यक्ति फरार २०८२ भाद्र २६ गते दिउसो गस्तिका क्रममा । उक्त हतियार आन्दोलनका क्रममा प्रयोग गर्ने आशंका ।
३) बनेपा ९ लायकुबाट मण्डनदेउपुर ७ घर भएका सन्तोष श्रेष्ठ कटुवा पेस्तोल सहित ३६ राउण्ड गोली समेत पक्राउ । २०८२ भाद्र २८ गते शनिवार
४) बनेपा ९ बाट हातहतियारको गोली राउण्ड सहित २०८२ भाद्र २८ र २९ गते ७३० राउण्ड गोली फेला परेको थियो । गोली २०८२ भदौ २४ गते ई.प्र.का.बनेपामा आगजानी गरी लिई गएको बयान दिएका छन् । बनेपा नगरपालिका ९ का अछुत खड्का, सिजन सुवाल, सुबास गौतम, बारा बनौली सखुवा ८ का महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका ६ का सुशान्त लो, तेमाल गाउँपालिका २ का तिमोथी तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ४ का प्रविन कार्की पक्राउ ।
राजीनामा
१) धुलिखेल उपप्रमुख निराजन जगंम, उपप्रमुख र पार्टी नेपाली काँग्रेस जिल्ला सदस्यबाट (सहज भए पनि राजीनामा फिर्ताको घोषणा ।)
२) पनौती १० वडा अध्यक्ष, मोहनबहादुर भण्डारी, पार्टी र पदबाट (फेरी राजीनामा फिर्ता गर्दै काममा।)
३) एमाले र नेपाली काँग्रेस पार्टीबाट केही नेता तथा कार्यकर्ताको राजीनामा । (सहज भए पनि राजीनामा फिर्ताको घोषणा ।)
स्थानीयद्वारा प्रतिकार
१) पनौती १ रयाले घर भएका पुष्कर सापकोटा (पनौती २ कुशादेवी चालिसेमा स्थानीयहरुले कुटपिट गरेको ।)











प्रतिक्रिया