गोकर्णेश्वरमा दिउँसै महिलामाथि खुकुरी प्रहार, एक पक्राउ


काठमाडौँ।

काठमाडौँ महानगरपालिका–७ गोकर्णेश्वरस्थित शिवचोकमा दिउँसो एक महिलामाथि खुकुरी प्रहार भएको छ।

खाना खाइरहेकी व्यवसायी सीतादेवी पन्तमाथि ३७ वर्षीय कर्णबहादुर तामाङले खुकुरी प्रहार गरेका हुन्। प्रहारबाट पन्तको हात र टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।

घाइते पन्तलाई तत्कालै उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
घटनापछि भाग्न खोजेका सिन्धुपाल्चोक घर भएका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, भद्रकालीमा ल्याएको छ।

प्रहरीका अनुसार तामाङ मदिरा सेवन गरेर पन्तको कोठामा प्रवेश गरी आक्रमण गरेका थिए।