भारतको हिमाञ्चलमा वर्षा–पहिरो : १० घर ध्वस्त, २५ सय पर्यटक मसुरीमा फसे


काठमाडौं ।

भारतको हिमाञ्चल प्रदेशमा अविरल वर्षाका कारण आएको पहिरोले कांगडा जिल्लामा १० घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ५० घरमा क्षति पुगेको छ।

देहरादून मार्गका सडक भासिएपछि मसुरीमा २५ सयभन्दा बढी पर्यटक फसेका छन्। मनसुन सुरु भएदेखि प्रदेशमा ४१७ जनाको मृत्यु भइसकेको छ भने १५ सयभन्दा बढी घर ध्वस्त भइसकेका छन्।

कोल्हुखेतमा वैकल्पिक बेली पुल निर्माण भइरहेको छ तर निर्माण सम्पन्न हुन अझै केही समय लाग्ने बताइएको छ। मौसम विभागले १९ सेप्टेम्बरसम्म दार्जिलिङ, कलिम्पोङ, जलपाइगुडी, कोचबिहार र अलीपुरद्वारमा वर्षा हुने अनुमान गरेको छ।