काठमाडौं।
यस सिजनको यूईएफए च्याम्पियन्स लिग मंगलबारदेखि शुरु भयो । पहिलो दिन ६ खेल हुँदा युभेन्टस र वोरुसिया डर्टमन्डबीचको खेल सबैभन्दा रोमाञ्चक बन्न पुगेको थियो । अन्तिममा सम्म पनि रोचकता बनेको यो खेल ४–४ बराबरीमा टुंगिएको थियो ।
जर्मन क्लब डर्टमन्डले घरेलु मैदान एलियान्ज रंगशालामा ४–२ को अग्रता लिँदैं आराम जित लिने संकेत गरेको थियो । जित निकाल्न केही मिनेटले मात्रै टाढा थियो । तर, इन्जुरी समयमा दुई गोल गरेर इटालियन क्लब युभेन्टसले घरेलु टोलीलाई स्तब्ध बनाइदिएको थियो ।
सर्बियाली खेलाडी दुसान भलाहोभिचले ९४ औं मिनेटमा गोल गरेर गोलअन्तर ४–३ मा खुम्च्याएका थिए । यसको दुई मिनेटपछि दुसानको क्रसमा इंग्लिस खेलाडी लोएड केलीले गोल गरे । योसँगैं तीन अंक गुमाइसकेको युभेन्टसले एक अंक जोड्न सफल भएको थियो ।
सेन्टर ब्याक केली यसै सिजनमा न्युक्यासलबाट युभेन्टसमा आबद्ध भएका हुन् । ८६ औं मिनेटमा उनले पेनाल्टी बक्समा हातले बल छोएपछि डर्टमन्डले पेनाल्टीमा गोल गरेको थियो । जुन, गोलले डर्टमन्डले डबल अग्रता (४–२) लिन सफल भएको थियो । तर, अन्तमा यो गल्तीलाई बिर्सने गरी टोलीको उद्धार गरे ।
यो खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । खेल ५१ औं मिनेटसम्म गोलरहित बराबरीमा थियो । जब, ५२ औं मिनेटमा डर्टमन्डका करिम एडेयमीले गोल गरे, त्यसपछि लगातार गोल हुन थालेको थियो ।
यो रोमाञ्चमा युभेन्टसका मेनेजर इगोर टुडोरले बताए–दोस्रो हाफमा आठ गोल हुन्छ भने कसरी प्रतिक्रिया जनाऊँ? मलाई भन्नुस् । यसको बयान गर्न गाह«ो छ । फुटबलमा कहिल्यै सकिएको हुँदैन । कतिबेला गोल हुन्छ भन्नै सकिँदैन ।
यस्तै, डर्टमन्डका स्पोर्टिङ डाइरेक्टर सेबास्टियन केहलले भने–दुबै टोलीले दोस्रो हाफमा अद्भुत प्रदर्शन गरे । यो दर्शकका लागि असाधारण खेल बनेको थियो । समग्रमा म टोलीको प्रदर्शनसँग सन्तुष्ट छुँ ।
दोस्रो हाफमा के भयो ?
करिम एडेयमीले डर्टमन्डले पहिलो गोल गरे । यो गोलसँगैं डर्टमन्डले ५२ औं मिनेटमा १–० को अग्रता लियो । तर, ११ मिनेटपछि डर्टमन्डको अग्रतालाई युभेन्टसका केनान यिल्डीजले खारेज गरिदिएका थिए । दुई मिनेटपछि ६५ औं मिनेटमा फेलिक्स एन्मेकाको गोलमार्फत् डर्टमन्डले खेलमा पुनः अग्रता लियो । फेरि दुई मिनेटपछि दुसानले गोल गर्दै युृभेन्टसलाई डर्टमन्डसँग २–२ बराबरीमा पु¥याए ।
दुई पटक डर्टमन्डले अग्रता लिएर पनि बराबरीमा पुग्नु परेको थियो । यान कोउटोले ७४ औं मिनेटमा गोल गर्दै फेरि एकपटक डर्टमन्ड अगाडि रह्यो । यसपछि ८६ औं मिनेटमा केलीले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि डर्टमन्डलाई पेनाल्टी हान्ने मौका प्राप्त भयो । जसमा, रामी बेन्सेबाइनीले गोल गरेका थिए ।
डेब्यु खेलमै जित
९० वर्षमा पहिलो पटक बेल्जियन प्रो लिग जितेको टोली युनियन सेन्ट गिलोइसले च्याम्पियन्स लिगअन्तर्गत् डेब्यु खेलमै जित निकाल्यो । युनियन सेन्टले डच टोली पीएसभी इन्डहोभेनलाई ३–१ ले हराएको थियो । यो युनियन सेन्टको ऐतिहासिक जित बनेको छ । यस्तै, पोर्चुृगिज टोली बेन्फिका अजैरबैजानको काराबागसँग ३–२ ले पराजित भयो ।
अन्य नतिजामा च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली रियल मेड्रिडले १० खेलाडीमा सीमित भए पनि सुखद सुरुआत ग¥यो । स्पेनी महारथीले ओलम्पिक मार्सेलीलाई २–१ ले हराएको थियो । जसमा, दुबै गोल केलियन एम्बाप्पेले गरेका थिए ।
तर, अर्को दुई स्पेनी क्लबहरू एथ्लेटिक क्लब र भियारियल भने क्रमशः आर्सेनल र टोटनहामसँग पराजित भए । यी दुबै विजेता टोलीहरू इंग्लिस प्रिमियर लिगका हुन् ।











प्रतिक्रिया