एम्बाप्पेको ५० गोल


फ्रान्सका स्ट्राइकर एम्बाप्पेले च्याम्पियन्स लिगअन्तर्गत मार्सेलीविरुद्ध दुई गोल गरेपछि रियल मेड्रिडका लागि ५० गोलसंख्या पु¥याए । उनले ६४ खेलमा ५० गोल गर्ने उपलब्धि हासिल गरेका हुन् ।

उनी क्रिस्टियानो रोनाल्डोपछि कम खेलमा गोलको अर्धशतक पूरा गर्ने रियलका खेलाडी बनेका हुन् । रोनाल्डो रियलमा हुँदा ५४ खेलमा ५० गोल गरेको कीर्तिमान अहिलेसम्म जीवित नै छ ।