कास्की।
हिमालपारिको जिल्ला मुस्ताङको कोरला नाकबाट व्यवसायीक तथा व्यापारिक प्रायोजनार्थ आयात निर्यात सुरु भएको छ । दुईदिन अघि मात्रै चीनबाट कोरला नाका हुदैं सामानहरु नेपाल(मुस्ताङ) भित्रिएको छ । नेपालबाट समेत सामान चीन तर्फ निर्यात सुरु भएको छ ।
‘भन्सार खुलेको त धेरै भई सक्यो । तर कन्टेनरसहितको सामान भने बल्ल आएको हो ।” लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्वु गुरुङले बताए । उनले सवारी साधन र लत्ता कपडा नेपाल भित्रिएको जानकारी दिए ।
कोरोना नाकाबाट सामान नेपाल भित्रिएपनि नेपाल तर्फ भने व्यवस्थित भन्सार कार्यालय भने छैन । चीन तर्फ भौतिक पूर्वाधार बनिसकेको लामै समय भई सक्यो । नेपाल तर्फ पनि अस्थायीयुक्त छन् । त्यसबाटै नेपाल भित्रिएको सामानलाई इन्ट्री गरिएको हो ।
नाकाबाट अहिले ईभी गाडीसहित अन्य लत्ता कपडाको कन्टेनर भित्रिएको कोरला भन्सार कार्यालयले जनाएको छ। “एकसय ५१ विभिन्न कम्पनीका ईभी गाडी भित्रिएका छन् ।” कोरोना भन्सार प्रमुख रमेश खड्काले भने—“६७ वटा कन्टेनर भन्सार परिसरमा छन् । जसमा लत्ता कपडा रहेका छन् ।” आएका ६७ वटा कन्टेनरमध्ये २१ वटा जाँचपास गरेर पैठारी गरिएको छ । उनले नेपालबाट समेत दुई कन्टेनर सामान निर्यात गरिएको छ ।
जाडो मौसमकै पूर्वसन्ध्यामा चीनबाट जाडोमा लगाउने लत्ता कपडा, जुक्ता चप्पल आयात हुँदा नेपालबाट भने पूजाका सामान, मूर्ति तथा ज्याकेट निर्यात गरिएको भन्सार प्रमुख खड्काले जानकारी दिए । “अब नियमित रुपमा कोरोना नाकाबाट सामान आयात निर्यात हुन्छ ।” उनले भने ।











प्रतिक्रिया