काठमाडौ ।
श्रीलंकामा जारी साफ यु–१७ च्याम्पियनसिपमा भारतले सानदार सुरुआत गरेको छ ।
मंगलबार कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा सम्पन्न खेलमा भारतले माल्दिभ्सलाई ६–० ले पराजित गरेको हो ।
योसँगैं समूह ‘बी’ मा रहेको भारतले उपाधि लगातार पाँचौं पटक जित्ने संकेतसमेत देखायो । यसअघि भारतले यस उमेर समूहको च्याम्पियनसिप पछिल्लो चार संस्करणमा लगातार जितेको थियो ।
भारतको जितमा डल्लामुवन गाङ्तेले दुई तथा ऋषिकेश छरण, कामगोहाउ डोउङ्गेल, गुनलेइबा वाङखेइराकपम र आजीम पर्भीज नजरल एक–एक गोल गरे । तल्लो उमेर समूहको साफ च्याम्पियनसिप १०औं संस्करणसम्म आइपुग्दा भारतले कीर्तिमानी ६ पटक उपाधि उचालेको छ ।











प्रतिक्रिया