जेनजी आन्दोलनका मृतकलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि


काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकहरूलाई मंगलबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मृतकका परिवार र आफन्तले शवयात्रा गर्दै आर्यघाट पुर्‍याएका थिए । त्यहाँ सुरक्षा निकायले सलामीसहित सम्मान गरेको थियो । सरकारले उनीहरूलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

सोही अनुसार आज अन्त्येष्टि गरिएको हो ।