बुटवल।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल तामनगरको पुल भासिँएको छ । बुटवल १२ तामनगरमा रहेको पुल भासिदा पूर्व पश्चिम गर्ने मुख्य राजमार्ग नै अवरुद्ध भएको छ ।
पुल भासिएपछि सडकमा रोकिएका सवारीलाई प्रहरीले वैकल्पीक सडकमार्फत आवतजावत गराएको छ । नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सोमबार दिउँसोदेखि पुलको दायाँ बायाँबाट माटो खस्न थालेको थियो । पुलका कारण सडकमा रोकिएका सवारीलाई अहिले पुल नजिकैबाट डाइभर्सन गरी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
यस क्षेत्रमा पछिल्लो समय बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तार आयोजना अन्तरगत यो खण्ड चार लेनमा विस्तार सुरु भएको छ।











प्रतिक्रिया