काठमाडौँ ।
सरकारले आजदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ३८ स्थानमा पसल सञ्चालन गरेका छन् ।
यी पसलमार्फत दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइनेछ । चामल, दाल, गेडागुडी, तेल, चिउरा, पिठो, मसला, रैथाने अन्न, नुनलगायतमा छुट लागू हुने जनाइएको छ ।
खसी–च्याङ्ग्रा बिक्रीबारे भने अन्योल कायम छ । अनलाइन बुकिङ भएको भए पनि आपूर्ति चुनौतीका कारण यसपालि ल्याउन नसकिने सम्भावना रहेको खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए । अग्रिम भुक्तानी गरेको पैसा फिर्ता गरिने व्यवस्था गरिएको छ ।











प्रतिक्रिया