काठमाडौँ ।
जेनजी आन्दोलनको क्रममा मृत्यु भएका २७ जनाको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन्। त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमपछि ती शवहरू परिवारलाई बुझाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए।
आन्दोलनको क्रममा मृत्यु भएका तीन जना प्रहरीको शव पनि आफन्तले बुझिसकेका छन्। हालसम्म १९ शवको पोस्टमार्टम हुन बाँकी रहेको छ भने पाँच शवको पोस्टमार्टम भए पनि आफन्तले बुझेका छैनन्।
आगजनी र झडपमा मृत्यु भएका आठ जनाको पहिचान खुल्न बाँकी छ। मृतकको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ।
सम्मानको स्वरूप मन्त्रिपरिषद्ले तय गर्ने गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।प्रहरीको गोली लागेर मृत्यु भएका १२ जनाको पहिचान खुलेको छ।











प्रतिक्रिया