काठमाडौं, (नेस)
जेन जीको गत साता भएको आन्दोलनमा नेपाली फुटबलर घाइते भएका छन् । पहिलो दिन भाद्र २३ गते प्रहरीले चलाएको गोलीबाट फुटबलर पवन शाही घाइते भएका हुन् । उनलाई छाती र हातमा दुई वटा गोली लागेको बताइएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
पवन नेपाल सुपर लिग (एनएसएल) को च्याम्पियन टोली ललितपुर सिटी एफसी टोलीका सदस्य समेत हुन् । साथै उनले ए डिभिजन लिग पनि खेलेका छन् । उनले न्युरोड टिम (एनआरटी) बाट २०७७ सालको ए डिभिजन लिग खेलेका थिए । यस्तै, उनले ब्रिगेड ब्वाइज क्लबबाट पनि खेलेका थिए ।











प्रतिक्रिया