लन्डन, (एजेन्सी)
पूर्व विश्व च्याम्पियन बक्सर रिकी ह्याटनको ४६ वर्षको उमेरमा निधन भएको छ । आइतबार म्यानचेस्टरस्थित निजी निवासमा उनी मृत फेला परेको बीबीसीले जनाएको हो । ‘द हिटम्यान’ उपनामले चिनिने ब्रिटिस बक्सरले लाइट वेल्टरवेट र वेल्टरवेटमा विश्व उपाधि जितेका थिए ।
१५ वर्षको करिअरमा ४८ व्यावसायिक बाउटमध्ये ४५ जितेका ह्याटनले अन्तिम पटक सन् २०१२ मा व्यावसायिक खेल खेलेका थिए । उनले विश्व उपाधि जित्न कोस्त्या तज्यु र जोसे लुइस क्यासिलोलाई हराएका थिए । तर, उनी पछि फ्लोएड मेवेदर र मेनी पेक्विआयोसँग पराजित भएका थिए ।
ह्याटनले सन् २००७ मा लास भेगासमा मेवेदरसँग उपाधिका लागि फाइट खेल्दा उनका ३० हजार भन्दा बढी समर्थक अमेरिकाको यात्रा गरेका थिए । एमसीएम ग्रान्ड इभेन्टमा ह्याटन नरोकुन्जेल त्यो फाइट चलिरहादा ती समर्थकहरूले ‘द्योर्स वनलि रकि ह्याटन’ भन्दै कोरस गाइरहेका थिए । उनले गत जुलाईमा रिंगमा उत्रने घोषणा गरेका थिए । तर, उनको इच्छा पूरा हुन सकेन ।











प्रतिक्रिया