जेन्जी आन्दोलनमा घाइते भेट्न अस्पताल पुगे कुलमान घिसिङ


काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङले जेन्जी आन्दोलनमा घाइते भएकाहरुलाई भेटेका छन् ।

उनी आइतबार ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेर उपचाररत घाइतेहरुसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।

घिसिङले घाइतेहरूको उपचारमा कुनै कमी नहोस् भनेर अस्पताल प्रशासनलाई आग्रह गरेका छन् ।