लुटपाट भएका सामान खरिद–बिक्री नगर्न CIB को आग्रह


काठमाडौं ।

भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थासहितका संरचनामा रहेका कागजात, ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, हतियार र नगद सामान लुटपाट भएको घटनाबारे केन्द्रीय अनुसन्धान व्यूरो (CIB) ले अनुसन्धान थालेको छ।

CIB ले लुटिएका सामान विभिन्न माध्यममार्फत बजारमा बिक्री भइरहेको सूचना पाएपछि सर्वसाधारणलाई यस्ता सामान खरिद–बिक्री नगर्न वा नगराउन आग्रह गरेको छ। साथै यस्ता सामान वा जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायलाई खबर गर्न पनि अनुरोध गरिएको छ।

व्यूरोले चोरी वा लुटपाटमा संलग्न तथा यस्ता सामान खरिद–बिक्री वा सञ्चय गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएको छ।