काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएशनकी पूर्व कोषाध्यक्ष सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्न सिफारिस गरेकी छन्।
अघिल्लो सरकारद्वारा नियुक्त महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएपछि नयाँ सिफारिस भएको हो।
राष्ट्रपति कार्यालयले स्वीकृति दिएपछि बराल महान्यायाधिवक्ता बन्नेछिन्।











प्रतिक्रिया