आर्सेनलको जितमा जुबिमेन्दीको दुई गोल


लन्डन, (एजेन्सी)

आर्सेनलले प्रिमियर लिगअन्तर्गत उनीहरूको चौथो खेलमा नटिंगाम फोरेस्टलाई ३–० ले हराएको छ । शनिबार भएको खेलमा जित प्राप्त गरेसँगैं आर्सेनलले चार खेलमा ९ अंक जोड्यो । टोलीलाई जित दिलाउन मार्तिन जुबीमेन्दीले दुई तथा भिक्टोर ग्योकेरेसले एक गोल गरेका थिए ।

जुबिमेन्दीको यो आर्सेनलका लागि पहिलो गोलसमेत थियो । उनको दुई गोलले फोरेस्ट सम्हालेको पहिलो खेलमै एन्जे पोस्टेकोग्लुले हारको सामना गर्नु परेको थियो । यस्तै, टोटेनहामका पूर्व मेनेजर पोस्टेकोग्लुको यो आर्सेनलका मेनेजर मिकेल आर्टेताविरुद्ध पछिल्लो चारै खेलमा जित हासिल गर्न सकेनन् । जसमा, तीनमा हार र एकमा बराबरी नतिजा आएको थियो ।

खेलको ३२ औं मिनेटमा आर्सेनलले डेडलक तोडेको थियो । मादुकेको पासमा बक्सको छेउटबाट जुबिमेन्दीले शसक्त भली प्रहार गर्दै गोल गरेका थिए । केही क्षणपछि फोरेस्टका लागि मोर्गान गिब्स ह्वाइटले बराबरी गोल गर्ने मौका गुमाएका थिए । काउन्टर एट्याकमा पेनाल्टी क्षेत्रबाट गरेको उनको प्रहार केही इन्चले गोलपोस्टभन्दा बाहिरिएको थियो ।

आर्सेनलले दोस्रो हाफ शुरु भएको पहिलो मिनेटमै अग्रता २–० मा पु¥यायो । इबीरेची इजेले दिएको बललाई ग्योकेरेसले ट्याप गरेर क्लोज रेन्जबाट गोलको दिशा दिएका थिए । जुबिमेन्दीले हेडरमार्फत् ७९ औं मिनेटमा उनको दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । सब्सीच्युट भएका लीनड्रो ट्रोसार्डको क्रसमा उनले गोल गरेका थिए ।