काठमाडौं ।
काठमाडौंको नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्ने क्रममा लुटेराले फ्याँकेको ५ लाख १० हजार ५ सय रुपैयाँ एक नागरिकले प्रहरीलाई बुझाएका छन्।
ललितपुरको बंगलामुखी बस्ने ३७ वर्षीय सुरेश देउलाले भिडियो खिच्ने क्रममा लुटेराले फ्याँकेको उक्त रकम संकलन गरी जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन्।
प्रहरीले पाँच जना लुटपाटमा संलग्न व्यक्तिलाई सेनाको सहयोगमा पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।












प्रतिक्रिया