काठमाडौं।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा पदभार सम्हाल्नु भएकोमा सुशीला कार्कीलाई बधाई दिँदै कार्कीले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल एक्समा बधाई दिँदै लेख्नुभएको छ– ‘नेपालका दाजुभाइ तथा दिदीबहिनीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रुपमा प्रतिबद्ध छ ।’ भारतीय प्रधानमन्त्री मोदीले मणिपुरबाट एउटा भिडियो सन्देश पनि पोस्ट गर्दै भन्नुभएको छ– ‘नेपालको पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशीलाजीको आगमन महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण हो । म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु, जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राख्यो ।’
उहाँले नेपालमा भएको घटना क्रममा अर्को एक विशेष कुरा भएको जसमा मानिसहरुले ध्यान नदिएको जिकिर गर्दै भन्नुभएको छ– ‘पछिल्ला दुई तीन दिनदेखि नेपालका युवायुवतीहरु धेरै कडा परिश्रम र शुद्धताको भावनाका साथ नेपालका सडकहरु सफा गर्दै र रंग लगाउँदै गरेको देखिन्छन् । मैले सोस मिडियामा उनीहरुको तस्विरहरु पनि देखेको छु । उनीहरुको यो सकारात्मक सोच, सकारात्मक काम प्रेरणादायी मात्र नभई नेपालको नवोदयको स्पष्ट संकेत पनि हो ।’











प्रतिक्रिया