काठमाडौं ।
काठमाडौं उपत्यका सहित देशभर Gen-Z समूहद्वारा २०८२ भदौ २३ र २४ गते आयोजित आन्दोलनका कारण पठन-पाठन प्रभावित भएपछि स्थगित शैक्षिक क्रियाकलाप भोलि (भदौ २९) देखि पुनः सुचारु हुने भएका छन्।
संयुक्त विज्ञप्ति जारी गर्दै प्याब्सन रुपन्देही, नेशनल प्याब्सन रुपन्देही र हिसान रुपन्देहीले शिक्षा प्रणालीलाई अविरल, व्यवस्थित र गुणस्तरीय रूपमा अघि बढाउन सबै सरोकारवालाको साझा जिम्मेवारी रहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा विद्यालय, अभिभावक, विद्यार्थी, शिक्षक तथा सञ्चार माध्यमलाई कठिन परिस्थितिमा देखाएको धैर्यता र सहयोगप्रति आभार व्यक्त गर्दै भोलिदेखि नियमित कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई आग्रह गरिएको छ।











प्रतिक्रिया