काठमाडौं ।
रौतहट जितिया पर्वको नहायखाय अनुष्ठानका क्रममा गौर नगरपालिका–६ की १० वर्षीया करिश्मा (अमृता) साहको लाल बकैया नदीमा डुबेर मृत्यु भएको छ। शनिबार बिहान आमा र अन्य व्रतालुसँगै स्नान गर्न गएकी उनी केहीबेरमै बेपत्ता भएकी थिइन्। नेपाली सेनाले घण्टौँ खोजीपछि उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिएका छन्।
यसअघि, बिहीबार सोही नदीमा ईशनाथ नगरपालिका–१ का १५ वर्षीय बिगन साह बाढीको भेलले बगाउँदा बेपत्ता भएका थिए। खोजीको तेस्रो दिन उनको शव करिब ८ किलोमिटर दक्षिण भारतको भूभागमा फेला परेको प्रहरीले जनाएको छ। शव नेपाल ल्याउनका लागि परिवार र स्थानीय प्रशासन भारत पुगेका छन्।











प्रतिक्रिया