प्रतिनिधिसभा विघटन निर्णयको राष्ट्रिय जनमोर्चाद्वारा विरोध


काठमाडौँ ।

राष्ट्रिय जनमोर्चाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गलत भएको भन्दै विरोध जनाएको छ ।

शनिबार अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा संसद् विघटनलाई जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण बताइएको छ ।

विज्ञप्तिमा जेनजी आन्दोलनलाई राजावादीहरूले आफ्नो पक्षमा लैजाने प्रयास असफल भएको उल्लेख गर्दै संसद् बाहिरबाट अन्तरिम सरकार गठन गर्नु प्रतिगामी शक्तिलाई फाइदा पुग्ने चेतावनी दिइएको छ ।

जनमोर्चाले गणतन्त्रका पक्षधर दलहरूलाई सजग रहन आह्वान गरेको छ ।