काठमाडौ ।
रौतहटको गौर कारागारबाट भागेका कैदीमध्ये हालसम्म ९१ जना पक्राउ परेका छन् भने करिब २०० जना अझै फरार छन्।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार २९१ कैदीमध्ये सुरक्षाकर्मीको संयुक्त अभियानमा ४७ जना र भारतले नियन्त्रणमा लिई १७ जना नेपाल पठाएको छ।
स्थानीय जनतालाई फरार कैदीबारे जानकारी दिन आग्रह गरिएको छ। शान्ति सुरक्षा कायम गर्न चन्द्रपुर लगायतका क्षेत्रहरूमा सुरक्षाकर्मी सक्रिय छन् भने निषेधाज्ञा जारी छ।











प्रतिक्रिया