काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय, दोलखाले जिल्लामा लागू गरिएको कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ। प्रशासनका अनुसार, आज बिहान ९ बजेदेखि उक्त आदेश हटाइएको हो। जेनजी आन्दोलनका क्रममा देशभरका स्थानहरूमा प्रदर्शनका कारण उत्पन्न सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कर्फ्यु र निषेधाज्ञा लगाइएको थियो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, २३ भदौदेखि देशभर प्रदर्शनका कारण शान्ति र सुरक्षा कायम राख्न कर्फ्यु र निषेधाज्ञा लगाइएको थियो। उक्त आदेश २५ भदौदेखि लागू गरिएको थियो र शनिबार बिहान ९ बजेदेखि हटाइएको हो।
कर्फ्यु र निषेधाज्ञा हटेसँगै जिल्लाभर यातायात, बजार र अन्य गतिविधिहरू सामान्य रूपमा सञ्चालन हुन थालेका छन्।












प्रतिक्रिया