जेनजीको प्रदर्शनमा गएका  बाजुराका युवा सम्पर्कविहीन 

2.91k
Shares

बाजुरा। 

जेनजीको प्रदर्शनमा गएका बाजुराका एक युवा सम्पर्कविहीन भएका छन् । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडानं २ सुपानाका २३ वर्षीय युवक ओब्जन बुढा  विगत ४ दिनदेखि सम्पर्कविहीन भएका हुन् ।

यहीँ भदौ २३ गते संघीय राजधानी काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन सहभागी भएका बुढा हालसम्म सम्पर्कमा नआएको  उनको  पारिवारिक श्रोतले  जनाएको छ ।

उनी काठमाडौं स्थित चाबहिलमा बस्दै आएका थिए भने कक्षा १२ मा अध्ययनरत हुन् । जेनजी युवा समूहको आन्दोलनमा सहभागी भएका ओब्जन हालसम्म सम्पर्कमा नआएपछि  उनका आफन्तहरु चिन्तामा परेका छन् । उनका दाइ कपुर बुढाका अनुसार अहिले उनको फोन अफ छ । ४ दिनसम्म पनि ओजन सम्पर्कमा नआएपछि परिवारले खोजी कार्य गरिदिन सम्बद्ध  अनुरोध गरेको छ । जेनजी आन्दोलनबाट सम्पर्क विहनि भन्ने खवर पाएपछि ट्रमासेन्टर टिचिंग लगायतका अस्पतालमा खोजी गरेका थियों तर भेटिएका छैनन् खोजीकार्य जारी छ काठमाण्डौंबाट पत्रकार एबं समाजसेवी प्रकाश सिंहले भने । 

उनलाई कहीँ कतै देखे वा सम्पर्कमा आए नजिकको प्रहरीलाई खबर गर्न गरिदिन अनुरोध गरिएको छ । त्यस्तै उनका दाइ कपुर बुढाको फोन नम्बर ९८६९९७८९५६ मा सम्पर्क गरी सहयोग गरिदिन आग्रह गरेका छन् ।