‘सेभ द नेसन, सेभ द कन्सिच्यूसन’ भन्दै  बुटवल र भैरहवामा शान्ति पूर्ण र्‍याली 


बुटवल। 

रुपन्देहीको बुटवल र भैरहवामा विभिन्न संस्थाको सहभागितामा शान्ति पूर्ण ¥याली निकालिएको छ । जेनजीको प्रदर्शनपछि उत्पन्न असहज अवस्थालाई सहज बनाउने उद्देश्यले बुटवलमा नेपाल पत्रकार महासंघ रुपन्देहीको अगुवायीमा पेशागत संञ्जाल पापड तथा  सामाजिक संघ संस्थाहरुको सहभागितामा  सेभ द नेशन सेभ द कन्सिच्यूसन भन्ने मुल भावका साथ बुटवलको राजमार्ग चौराहावाट निस्केको शान्ति  पूर्ण ¥याली  ट्राफिकचोक पुगेर समापन भएको थियो ।  समापनमा वोल्ने नेपाल वार एशोसिएसन उच्च अदालत बुटवलका अध्यक्ष गोबिनद मरासिनी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले सेभ द नेशन सेभ द कन्सिच्यूसनका वारेमासचेत रहन आह्वान गरेका थिए. ।

त्यस्तै भैरहवामा नेपाल–भारत सीमा नाका बेलहियादेखि बुद्धचोकसम्म विभिन्न संस्थाको सहभागितामा शान्ति पूर्ण सदभाव ¥याली निकालिएको हो ।
¥यालीमा जेनजी युवा समूह, लुम्बिनी प्रेस क्लब, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, चेम्बर अफ कमर्स सिद्धार्थ सञ्जाल रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्रालि, नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, रुपन्देही, सिद्धार्थ होटल संघ, भैरहवा मर्निङ वाक ग्रुप, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देही, पश्चिमाञ्चल यातायात प्रालि लगायतको सहभागिता थियो ।

¥यालीमा बोल्दै प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले रुपन्देहीमा कफ्र्यू आदेश हटाइएको र निषेधाज्ञा पनि क्रमशः खुकुलो बनाउँदै जनजीवन सामान्य बनाउँदै लैजाने बताए ।

प्रजिअ पाण्डेले जेनजी आन्दोलनका क्रममा रुपन्देहीमा व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्नहरूको फोटो, भिडियो संकलनको काम भइरहेको जानकारी गराउँदै त्यस्ता प्रमाण भए प्रहरी प्रशासनलाई दिन आग्रह गर्नु  गरे । 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले युवाका जायज माग सम्बोधन गर्दै संयमित भएर अगाडि बढ्नुपर्ने बताए ।
जेनजी सागर ज्ञवालीले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भएको आन्दोलनमा घुसपैठ हुँदा मानवीय र भौतिक क्षति हुन पुगेको बताए ।