महिला विश्वकपमा केवल महिला अधिकारी राखिने


लन्डन, (एजेन्सी)

आईसीसीले यसै सेप्टेम्बरमा हुने एकदिवसीय महिला विश्वकपमा केवल महिला अधिकारीहरूलाई जिम्मेबारी दिने घोषणा गरेको छ ।
आईसीसीले बतायो कि क्लेयर पोलोसेक, ज्याकलिन विलियम्स र सू रेकडर्नले यस महिला विश्वकपमा महिला अम्पायरहरूले अम्पायरिङ गर्नेछन् । आईसीसीका अध्यक्ष जय शाहले बताए–म्याच अधिकारीहरूको प्यानलमा केवल महिला अधिकारीहरू सामेल हुनु यो एक ठूलो उपलब्धि हो । यसले क्रिकेटमा लैंगिक समानतालाई पनि बढावा दिनको लागि आईसीसीको अटुट प्रतिबद्धताको एक सशक्त प्रतिबिम्ब पनि हो ।

१३ औं संस्करणको महिला विश्वकपको आयोजना भारत र श्रीलंकामा संयुक्तरुपमा हुनेछ । भारत चौथो पटक यस प्रतियोगिताको आयोजना गर्दैछ । ३० सेप्टेम्बरदेखि २ नोभेम्बरसम्म चल्ने प्रतियोगितामा आठ टोलीहरू अस्टे«लिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाको सहभागिता हुनेछन् ।

प्रतियोगितामा सर्वाधिक उपाधि अस्टे«लियाले ७ पटक जितेको छ । अस्टे«लिया गत संस्करणको विजेता टोलीसमेत हो । सन् १९७३ देखि शुरु भएको प्रतियोगितामा इंग्ल्यान्डले चार पटक र न्युजिल्यान्डले एक पटक उपाधि जितेका छन् ।