सुन तस्करी काण्डका नाइके गोरे केन्द्रीय कारागारबाट फरार


काठमाडौँ।

सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती (गोरे) सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका छन्। सुन तस्करी र व्यक्ति हत्याका नाइके गोरे केन्द्रीय कारागारबाट फरार भएका हुन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरु भागेका थिए। सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका थिए ।

कारागारमा रहेका ३८ सय कैदीबन्दी मध्ये ५ सय मात्रै कारागारमा बसेका थिए । अहिले भने भागेका केही कैदीबन्दी फर्किएका छन् । केही भने फर्कने क्रममा रहेको बताइएको छ ।