संसद् र सर्वोच्च अदालतसहित विभिन्न अदालत अनिश्चितकालका लागि बन्द

2.26k
Shares

काठमाडौं

जेन–जी आन्दोलनका कारण राज्य शून्य अवस्थामा पुगेपछि व्यवस्थापिका संसद् र सर्वोच्च अदालतसहित विभिन्न अदालतहरूबाट हुने सबै कामकारबाही अनिश्चित कालका लागि स्थगित भएको छ ।

राज्यविहीनताको अवस्थामा नया“ बानेश्वरस्थित संघीय संसद् भवन, सर्वोच्च अदालतसहित विशेष, उच्च र जिल्ला गरी १६ वटा अदालत आगलागीका कारण खण्डहर बनेपछि शून्य अवस्थामा झरेको हो । यसले गर्दा राज्यका ती दुई अंगको कामकारबाही बुधबार स्थगित गरिएको हो । संघीय संसद् सचिवालय र सर्वोच्च अदालतले बुधबार छुट्टाछुट्टै सूचना जारी गरी सम्पूर्ण कामकारबाही स्थगित भएको जनाएको हो ।

जेनजीको आन्दोलनका क्रममा मंगलवार सर्वोच्च अदालतको सफ्टवयेरसँगै ६० हजारभन्दा बढी मुद्दाका फाइल एक साथ नष्ट भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो । जेन–जीको आन्दोलनमा १९ जना मर्ने गरी राज्यले बर्बरता मच्चाएको थियो । त्यसको आक्रोशमा मंगलवार भएको आन्दोलनमा प्रशासनिक केन्द्र सिहदरबार, संसद् भवनसहित सर्वोच्च, विशेष, उच्च र जिल्ला गरी १६ वटा अदालतमा जलाइएसँगै महत्वपूर्ण दस्तावेज जलेर नष्ट भएका थिए । आगलागीका कारण अदालतमा भएका सफ्टवेयर सञ्चालन नआउने भएपछि सर्वोच्चले एक सूचना जारी गरेर मुद्दाको पेशी अनिश्चितकालीन समयका लागि स्थगित भएको जनाएको हो । सर्वोच्च अदालतबाटै अनलाइन माध्यमबाट मुद्दाको पेशी तोकिने गर्दथ्यो ।

सर्वोच्चका अनुसार अनलाइनबाट मुद्दा दर्ता प्रक्रिया अघि बढाइरहेको अवस्थामा अभिलेखसहितका डाटा सेन्टर पनि ध्वस्त भएको थियो । न्यायाधीशहरूले लेखेका फैसलाका मौलिक दस्तावेजहरू, कागजात र कम्प्युटरहरू जलेर नष्ट भएका छन् । केही महत्वपूर्ण फैसलाहरूको लेखन कार्य अझै सम्पन्न नभएको अवस्थामा नै सखाप भएका छन् ।

आगलागी भएको उच्च अदालतहरूमा हेटौंडा, तुलसीपुर, बुटवल इजलास, विराटनगर र राजविराज रहेका छन् । त्यसै गरी जिल्ला अदालतहरूमा काठमाडौं, कपिलवस्तु, सप्तरी, बा“के, चितवन, कास्की, रूपन्देही, पर्सा र मकवानपुर रहेका छन् ।

सर्वोच्च अदालतले हेटौंडास्थित डाटा सेन्टरमा आफ्नो डाटाको ब्याकअप राखेको थियो । त्यहा“ पनि तोडफोड र आगजनी भएको थियो । दुवैतर्फ एकसाथ आक्रमण भएपछि सर्वोच्चको सर्भर पनि डाउन भएको छ । यसले गर्दा अब सप्mटवेयरबाट मुद्दाहरू अघि बढाउने अवस्था नभएको सर्वोच्चले जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता कोइरालाले भन्नुभयो– ‘हामीले अदालतलाई डिजिटलाइज गर्दै थियांै । अनलाइनबाटै मुद्दा दर्ता प्रक्रियासमेत अघि बढिसकेको थियो । तर, हिजोको आगजनीले डाटा सेन्टर नै ध्वस्त भएकाले अब के गर्ने भनेर न्यायाधीशहरूबीच सामूहिक छलफल गरेर निष्कर्ष निकाल्छांै ।’

पुरानो मुद्दाहरूको फाइल हेरेर फैसला गर्दै आएकोमा डाटा बा“की नराखेपछि न्याय मुद्दाको प्रक्रिया पनि तत्कालै अघि बढाउन नसकिने स्थिति रहेको बताइएको छ । प्रधानन्यायालयले गरेको फैसलाको अभिलेख हेरेर डिजिटलाइज गरिरहेको अवस्थामा आगजनीका कारण सबै खरानी भएकाले अब के गर्ने भनेर छलफल चलिरहेको प्रवक्ता कोइरालाले बताउनुभयो ।

यसैबीच नया“ बानेश्वरस्थित संघीय संसद् भवन ध्वस्त भएपछि बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहु“दासम्मका लागि स्थगित गरेको जानकारी दिनुभयो ।

मंगलवार अपराह्न अचानक अदालत परिसरमा प्रवेश गरेका प्रदर्शनकारीहरूले नियन्त्रणभन्दा बाहिर गई तीन–चार स्थानमा आगो दन्काएका थिए । अदालतको सुरक्षार्थ खटिएका सीमित सुरक्षाकर्मीले ठूलो संख्यामा प्रवेश गरेका प्रदर्शनकारीहरूलाई रोक्न असमर्थ भएका थिए । प्रदर्शनकारीहरू शुरूमा अदालतको कागजातहरू संकलन गर्दै सबै फाइल एकै ठाउ“मा थुपारेर आगो लगाउन थाले । त्यसपछि उनीहरू तेस्रो तल्लातिरको डाटा सन्टेरतर्फ सरासर अघि बढेका थिए । यही तल्लामा प्रधानन्यायालयका पछिल्ला फैसलाहरू डिजिटलाइज गरिएका थिए । तर अब त्यो डिजिटल अभिलेखसमेत बा“की नरहेको अदालतले जनाएको छ ।

आगलागीका कारण विशेष अदालतमा रहेका भ्रष्टाचारसम्बन्धी फाइलहरू पनि जलेका छन् । आक्रोशित भीड दोस्रोपटक अदालत प्रवेश गर्दा कानुन पत्रिकाको कोठामा आगो लगाउ“दै दशकौंदेखि संकलित नजिर संग्रह ध्वस्त पारेका थिए । त्यसै गरी न्यायपरिषद्को कार्यालय रहेको एनेक्स भवनको भुईंतल्लामा संग्रहित पुराना मुद्दाका अभिलेख र फैसलाहरू पनि पूर्ण रूपमा जलेका छन् ।