देशको निकासका लागि बालेन वा सुशीला कार्कीको नेतृत्व स्विकार्छु : दुर्गा प्रसाईं


काठमाडौँ। 

मेडिकल व्यवासायी दुर्गा प्रसाईंले प्रधान सेनापति अशोकराज सिग्देल संवाद गरेका छन्।  देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको उनको दाबी छ। 

 छलफलपछिको आफ्नो निष्कर्ष उल्लेख गर्दै उनले लेखेका छन्,  ‘मलाई नेतृत्वको मोह छैन। देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो। जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा सुशीला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्विकार्न तयार छु। तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन। म जुनसुकै परिस्थितिको लागि पनि तयार छु।’

गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज अब चाहिएको उनले बताएका छन्। सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य रहेको बताउँदै आफ्नो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न रहेको उनी बताउँछन्।