गौर कारागारबाट फरार कैदी पक्राउ पर्न थाले


रौतहट  । 

रौतहटको गौर कारागारमा मंगलबार साँझसम्म २ सय ९१ जना कैदीबन्दी  रहेका थिए । जेनजीको मंगलबार भएको प्रर्दशनको फाईदा लिदै कैदीबन्दीले  कारागारको मुलगेटको ताल्चा फुटाएर २ सय ६४ जना कैदीबन्दी फरार भएका छन्  । जसमध्ये नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ३४ जनालाई  पुन पक्राउ गरी कारागार चलान गरेका छन् ।

 उक्त कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कारागारमै रहेको कारागार प्रशासनले जनाएको छ । कारागार प्रमुख मनिष झाले फरार कैदी पक्राउ पर्ने क्रममै रहेको बताए । 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।