रौतहट ।
रौतहटको गौर कारागारमा मंगलबार साँझसम्म २ सय ९१ जना कैदीबन्दी रहेका थिए । जेनजीको मंगलबार भएको प्रर्दशनको फाईदा लिदै कैदीबन्दीले कारागारको मुलगेटको ताल्चा फुटाएर २ सय ६४ जना कैदीबन्दी फरार भएका छन् । जसमध्ये नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ३४ जनालाई पुन पक्राउ गरी कारागार चलान गरेका छन् ।
उक्त कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कारागारमै रहेको कारागार प्रशासनले जनाएको छ । कारागार प्रमुख मनिष झाले फरार कैदी पक्राउ पर्ने क्रममै रहेको बताए ।











प्रतिक्रिया