रामेछापमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी


रामेछाप । 

रामेछाप प्रशासनले मंगलबार राती १० बजे देखि लगाएको कर्फ्यू  हटाएको छ । मंगलबार राति १० बजे सम्म रामेछाप प्रशासनले जिल्लाका महत्त्वपूर्ण स्थान क्षेत्रमा कर्फ्यू  आदेश जारी  गरेकोमा बुधवार बिहान ६ बजे देखि पुनः १२ बजे सम्मको लागि कर्फ्यू  आदेश जारी गरेको थियो । 

जिल्ला प्रशासन कार्यालय रामेछाप केही  समय अघि एक सूचना जारी गदैँ कर्फ्यू  हटाइएको तर निषेधाज्ञा जारी जनाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जारी गरेको सूचनामा पाचँ जना भन्दा बढीको भेला वा समूहमा नहिँड्न उल्लेख गरिएको छ । आदेश उल्लङ्घन गर्नेहरूमाथि विद्यमान कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।